अवर्गीकृत

देउसी–भैलो खेल्न जाने बालबालिकाको सुरक्षामा अभिभावकलाई सतर्क रहन आग्रह

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २३ कार्तिक । तिहारमा देउसी–भैलो खेल्न घरबाहिर निस्कने बालबालिकाको सुरक्षामा विशेष ध्यान दिन अभिभावकलाई आग्रह गरिएको छ । रातिको समयमा बालबालिका एक्लै वा साथीहरूको समूहमा भैलो खेल्न जाँदा सडक दुर्घटना तथा अन्य जोखिममा पर्न सक्ने भएकाले अभिभावक आफैँले निगरानी गर्नुपर्नेमा जोड दिइएको हो ।

तिहारका बेला देउसी–भैलो खेल्ने परम्पराले गाउँटोलमा रौनक थप्ने गरे पनि बालबालिकाको सुरक्षालाई बेवास्ता गर्न नहुने सरोकारवालाको सुझाव छ । विशेषगरी रातिको समयमा तीव्र गतिमा गुड्ने सवारीसाधन, सडकको अँध्यारो, खुला खाल्डाखुल्डी तथा अपरिचित व्यक्तिबाट हुन सक्ने जोखिमले बालबालिका असुरक्षित बन्न सक्ने देखिन्छ ।

लोक कल्याणकारी विज्ञापन

बालबालिकालाई टोलभित्रै खेल्न गएको भन्दै ढुक्क भएर छाड्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउन सक्ने भएकाले अभिभावक स्वयं उनीहरूसँगै जान आवश्यक रहेको छ । साना बालबालिकालाई छिमेकी वा साथीहरूको भरमा मात्रै राति भैलो खेल्न नपठाउन र कम्तीमा एक जना जिम्मेवार अभिभावक साथमा रहन आग्रह गरिएको छ ।

लोक कल्याणकारी विज्ञापन
AD

त्यस्तै, मुख्य सडकमा देउसी–भैलो खेल्न रोक लगाउने, सडक पार गर्दा विशेष सावधानी अपनाउने तथा अँध्यारो बढ्नुअघि नै बालबालिकालाई घर फर्काउने व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ ।

तिहार खुसी, उमङ्ग र आपसी सद्भाव साटासाट गर्ने पर्व भएकाले बालबालिकाको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सन्देशसमेत दिइएको छ । अभिभावकको सानो सावधानीले सम्भावित दुर्घटना र अप्रिय घटनाबाट बालबालिकालाई जोगाउन सक्ने भएकाले सबैले जिम्मेवार भूमिका निर्वाह गर्न आवश्यक छ ।

बिज्ञापन