कैलाली

जोशीपुर–४ झबहीको पुल अधुरै, किसान र स्थानीयलाई आवतजावतमा सास्ती

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २४ कार्तिक । कैलालीको जोशीपुर गाउँपालिका–४ झबहीस्थित निर्माणाधीन पुलले कहिले पूर्णता पाउने हो भन्ने अन्योल कायमै छ । पुल निर्माणमा ढिलाइ हुँदा स्थानीय बासिन्दा, किसान तथा सर्वसाधारणले लामो समयदेखि आवतजावतमा सास्ती खेप्दै आएका छन् ।

पुल निर्माण सम्पन्न नहुँदा दैनिक आवतजावत गर्ने स्थानीयलाई मात्रै होइन, खेतबारीमा उत्पादन भएको कृषि उपज ओसारपसार गर्नसमेत समस्या भइरहेको छ । विशेषगरी किसानहरूलाई आफ्नो बाली बजारसम्म पुर्‍याउन कठिनाइ भएको छ । वर्षायाममा आवतजावत थप जोखिमपूर्ण हुने गरेको स्थानीयको गुनासो छ ।

लोक कल्याणकारी विज्ञापन

दसैँ बितिसकेको छ भने तिहारसमेत सकिन लागेको छ । तर पुल निर्माणले अझै पूर्णता नपाउँदा स्थानीयमा निराशा बढ्दै गएको छ । चाडपर्वका बेला आफन्तको घर आउजाउ गर्ने तथा दैनिक कामकाजका लागि आवतजावत गर्ने सर्वसाधारणले समेत असुविधा भोग्नुपरेको छ ।

लोक कल्याणकारी विज्ञापन
AD

स्थानीयले पुल निर्माणमा भइरहेको ढिलाइप्रति प्रश्न उठाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । किसानको बाली र सर्वसाधारणको आवतजावतसँग प्रत्यक्ष जोडिएको पुल निर्माणलाई प्राथमिकतामा राखेर तत्काल सम्पन्न गर्नुपर्ने उनीहरूको माग छ ।

स्थानीयको प्रश्न छ— जोशीपुर–४ झबहीको यो पुलले आखिर कहिले पूर्णता पाउने ?

बिज्ञापन