प्रवास

बिहारमा पाँच नेपाली महिलाले लिए भारतीय नागरिकताको शपथ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

भारतीय नागरिकसँग विवाह गरेका महिलालाई नागरिकता प्रक्रिया सहज बनाउन पश्चिम चम्पारण प्रशासनको पहल

काठमाडौं, २५ कार्तिक । भारतको बिहार राज्यस्थित पश्चिम चम्पारण जिल्लामा पाँच नेपाली महिलाले भारतीय नागरिकतासम्बन्धी कानुनी प्रक्रिया पूरा गर्ने क्रममा भारतीय संविधानप्रति निष्ठाको शपथ लिएका छन् । भारतीय नागरिकसँग विवाह गरेका नेपाली महिलालाई नागरिकता प्राप्तिको प्रक्रिया सहज बनाउने उद्देश्यले जिल्ला प्रशासनले सञ्चालन गरिरहेको विशेष अभियानअन्तर्गत उनीहरूलाई शपथ गराइएको हो ।

लोक कल्याणकारी विज्ञापन

शनिबार जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला पदाधिकारी (डीएम) तरनजोत सिंहको उपस्थितिमा पाँच महिलाले भारतीय नागरिकता ऐनका प्रावधानअनुसार संविधानप्रति निष्ठा व्यक्त गर्दै शपथ लिएका हुन् ।

लोक कल्याणकारी विज्ञापन
AD

कार्यक्रममा डीएम सिंहले कानुनी रूपमा योग्य व्यक्तिलाई निर्धारित प्रक्रियामार्फत भारतीय नागरिकता प्राप्त गर्न जिल्ला प्रशासनले आवश्यक सहजीकरण गर्दै आएको बताए । उनले नागरिकता लिन इच्छुक तथा योग्य व्यक्तिलाई आवश्यक कागजातसहित सम्बन्धित निकायमा आवेदन पेस गर्न आग्रह गरे ।

उनले आवश्यक कागजात, कानुनी प्रक्रिया र अन्य औपचारिकता पूरा भएपछि सक्षम निकायबाट प्रचलित कानुनअनुसार नागरिकतासम्बन्धी निर्णय गरिने स्पष्ट पारे ।

भारत सरकारको विशेष पहलअन्तर्गत सञ्चालन भइरहेको यस अभियानले भारतीय नागरिकसँग विवाह गरेका नेपाली महिलालाई नागरिकता आवेदनसम्बन्धी प्रक्रिया पूरा गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।

पश्चिम चम्पारणमा पाँच नेपाली महिलाले एकैपटक भारतीय संविधानप्रति निष्ठाको शपथ लिनुलाई त्यहाँको जिल्ला प्रशासनले सञ्चालन गरिरहेको नागरिकता सहजीकरण अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

बिज्ञापन