प्रवास

भारतमा दुई छोराछोरीलाई कोठामै छाडेर नेपाली महिला बेपत्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

राजकोटमा, , ०१ मंसिरा । भारतको गुजरात राज्यस्थित राजकोटमा रोजगारीका लागि पुगेकी एक नेपाली महिला आफ्ना दुई छोराछोरीलाई घरमै छाडेर बेपत्ता भएकी छन् । बैतडी घर भएकी गौरी बिक सम्पर्कविहीन भएको उनका श्रीमान् करन बिकले बताएका छन् ।

लोक कल्याणकारी विज्ञापन

बैतडीको धनगढी गाउँपालिका–५ निवासी वीरबहादुर बिकका छोरा करन विगत सात वर्षदेखि श्रीमती गौरी र दुई छोराछोरीसहित भारतको राजकोटमा बस्दै आएका थिए । गौरीले दुवै छोराछोरीलाई कोठामै छाडेर नगद तथा गरगहना लिएर घरबाट निस्किएकी र त्यसपछि सम्पर्कमा नआएको बताइएको छ ।

श्रीमती बेपत्ता भएपछि करन र उनका परिवारका सदस्य चिन्तित बनेका छन् । आफ्नै सन्तानलाई छाडेर आमा सम्पर्कविहीन भएपछि बालबालिकाको अवस्था र भविष्यलाई लिएर परिवार थप मानसिक तनावमा परेको छ ।

लोक कल्याणकारी विज्ञापन
AD

गौरीको खोजी तथा अवस्थाबारे जानकारी प्राप्त गर्न परिवारले श्री नेपाली सेवा समाजको कार्यालयमा समेत अपिल गरेको छ । परिवारले उनको खोजीमा सहयोग गरिदिन र उनीबारे कुनै जानकारी भए सम्बन्धित निकाय वा नेपाली सेवा समाजमार्फत खबर गरिदिन आग्रह गरेको छ ।

बेपत्ता महिलाको खोजीका लागि भारतमा रहेका नेपाली समुदाय तथा सम्बन्धित सबैसँग सहयोगको अपेक्षा गरिएको छ ।

बिज्ञापन