कैलाली

लम्कीचुहामा खैरो हिरोइनजस्तो पदार्थसहित तीन जना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

लम्कीचुहा, ५ मंसिर । कैलालीका छुट्टाछुट्टै स्थानबाट खैरो हिरोइनजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन् ।

लोक कल्याणकारी विज्ञापन

लम्कीचुहा नगरपालिका–१ भरुवाबाट २ ग्राम ४ सय ८० मिलिग्राम उक्त पदार्थसहित ३० वर्षीय हिमाल खत्री पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले शुक्रबार साँझ पैदल हिँडिरहेका उनलाई शंकाका आधारमा जाँच गर्दा पदार्थ फेला पारेको प्रहरीले जनाएको छ ।

त्यस्तै, जानकी गाउँपालिका–७ जवलपुरबाट २ ग्राम ५ सय ८० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जानकी गाउँपालिका–२ का ३० वर्षीय रमेश मगर र लम्कीचुहा नगरपालिका–१ का २६ वर्षीय कमल चौधरी छन् ।

लोक कल्याणकारी विज्ञापन
AD

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले शुक्रबार राति पैदल हिँडिरहेका उनीहरूलाई जाँच गर्दा उक्त पदार्थ बरामद गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ ।

बिज्ञापन