व्याक्ती बिशेष

पूर्वपतिविरुद्ध उषा खड्गीले दिइन् जाहेरी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । पूर्वमिस नेपाल उषा खड्गीले आफ्नो पूर्वपति जिपी तिमल्सिनाविरुद्ध प्रहरी गुहारेकी छन् । उनले जिल्ला प्रहरी परिसर भक्तपुरमा पुगेर जाहेरी दिइन् ।

उषाले केही दिनअघि सामाजिक सञ्जालमा जिपिविरुद्ध आक्रोश पोख्दै आएकी थिइन् । जिपिले आफूलाई घरबाट निस्किन दबाब दिएको उनको गुनासो थियो । एउटै घरमा दुई तल्ला भागबण्डा गरेर बस्दै आएका उनीहरुबीच बारम्बार झगडा पर्ने गरेको छ । यस विषयमा २० पटकसम्म भक्तपुरको महिला सेलमा उजुरी दिए पनि समस्या समाधान नभएको उनले फेसबुकमै लेखेकी थिइन् ।

बिज्ञापन

प्रहरीले उषाको जाहेरी लिए पनि दर्ता भने गरेको छैन । सकेसम्म उनीहरुबीच मिलापत्र गराउने प्रयासमा प्रहरी छ । जाहेरी आएपछि जिपिलाई बोलाएर प्रहरीले छलफल गरेको थियो, तर कुरा मिल्न नसकेपछि दुबै फर्किएका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रकाश जबेगुले प्रहरीमा जाहेरी रहेको र आवश्यक छानविन हुने बताए ।

उनले भने, ‘आवश्यक छानविनपछि जाहेरी दर्ता र पक्राउ पूर्जिको प्रक्रिया सुरु हुन्छ ।’

उषाले भने फेसबुकमा स्टाटस लेख्दै भक्तपुर प्रहरीलाई धन्यवाद दिएकी छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।