पूर्वपत्नी उषाको जाहेरीमा जिपी पक्राउ, एक रात हिरासतमा राखिने

काठमाडौं । पूर्वमिस नेपाल उषा खड्गीको जाहेरीमा उना पूर्वश्रीमान् जिपी तिमल्सिना पक्राउ परेका छन् । उनलाई आज भक्तपुर प्रहरी परिसरको हिरासतमा राखिने भएको छ ।
उषाले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै जिपीविरुद्ध जाहेरी दिएकी थिइन् । उक्त जाहेरी दर्ता गरेर प्रहरीले हिजो पक्राउ पुर्जी जारी गरेको थियो । जिपी आज बिहान प्रहरीमा उपस्थित भएका थिए । प्रहरीले उषालाई छलफलका लागि बोलाए पनि उनी उपस्थित भइनन् ।

दुईजनाबीच मिलापत्र गराउने प्रहरीको प्रयास असफल भएको छ ।
भक्तपुर प्रहरीका प्रवक्ता डिएसपी प्रकाश जवेगुले जिपीलाई नियन्त्रणमा लिएको पुष्टि गरे ।
नेपाल प्रेससँग कुरा गर्दै उनले भने, ‘पूर्वपत्नीले जाहेरी दिनुभएको थियो, आज उहाँलाई हिरासतमा राखेका छौं ।’
आजकाे रात हिरासतमा राखेर भाेली छाेडिने जवेगुले बताए ।
जिपीकी पत्नी सविना अधिकारी पनि अहिले जिप्रकामै छिन् । उनले भने श्रीमान् पक्राउ नपरेको दाबी गरिन् । आफूहरू छलफलका लागि आएको तर उषा उपस्थित नहुँदा दिनभरि यतै अड्किएको उनले बताइन्
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
