अनौठो

बाँदर धपाउन किसानको अनौठो जुक्ति : बाघजस्तै रङ लगाएर जंगलतिर छाडियो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । बाँदरको आतंकबाट हैरान बनेका किसानहरूले त्यसलाई नियन्त्रण गर्न अनौठो उपाय अपनाएका छन्। खेतीबारीमा पसेर बालीनाली नष्ट गर्ने बाँदरलाई समातेर शरीरमा विभिन्न रङ लगाई बाघजस्तै देखिने बनाएर जंगलतिर छाडिएको हो।

बाँदरको शरीरमा बाघको जस्तो धर्का र रङ लगाएर जंगलमा छाडेपछि अन्य बाँदर डराउने र गाउँबस्ती तथा खेतीबारीमा पस्न छाड्ने किसानहरूको विश्वास छ।

किसानहरूका अनुसार बाँदरको समूहले लामो समयदेखि खेतीबालीमा क्षति पुर्‍याउँदै आएको थियो। पटक–पटक धपाउँदा पनि समस्या समाधान नभएपछि उनीहरूले नयाँ उपाय अपनाएका हुन्।

बाघजस्तो देखिने बाँदरलाई देखेपछि अन्य बाँदरहरू डराएर भाग्ने र आफ्नो क्षेत्रमा फर्किन नआउने किसानहरूको अपेक्षा छ। यो उपाय प्रभावकारी हुने विश्वासका साथ उनीहरूले यस्तो प्रयास गरेको बताएका छन्।

यद्यपि, बाँदरको शरीरमा रङ लगाउँदा त्यसले जनावरको स्वास्थ्य तथा सुरक्षामा कस्तो असर पार्छ भन्ने विषयमा भने सम्बन्धित निकाय वा विज्ञको धारणा आवश्यक देखिन्छ। किसानहरूले अपनाएको यो अनौठो जुक्ति अहिले सामाजिक सञ्जालमा समेत चर्चाको विषय बनेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।