जेन्जी शहीदको सम्झनामा जानकीमा दीप प्रज्वलन
लोक कल्याणकारी विज्ञापन

दुर्गौली, २४ भाद्र । जेन्जी शहीद दिवसको अवसरमा जानकी गाउँपालिकाका जेन्जी युवाहरूले दीप प्रज्वलन कार्यक्रम आयोजना गरेका छन्।
कार्यक्रममा सहभागीहरूले जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा दीप प्रज्वलन गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।
कार्यक्रममा युवाहरूले शहीदहरूको योगदानको स्मरण गर्दै उनीहरूले देखाएको साहस, त्याग र बलिदानलाई सदैव सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे।
दीप प्रज्वलनमार्फत शहीदहरूको सपना र योगदानलाई स्मरण गर्दै न्याय, सुशासन र समुन्नत समाज निर्माणका लागि प्रतिबद्ध रहने सन्देशसमेत दिइएको थियो।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
