खेलकुद

नेपाली MMA स्टार रविन्द्र ढाँटलाई ठूलो सम्मान, भाटभटेनी र पेपे पिज्जाको ब्रान्ड एम्बेसडर नियुक्त

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । नेपाली मिक्स्ड मार्सल आर्ट्स (MMA) का चर्चित खेलाडी रविन्द्र ढाँट तीन वर्षका लागि भाटभटेनी सुपरमार्केट र पेपे पिज्जाको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।

रिङमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै आएका ढाँटलाई उनको मेहनत, प्रतिभा र खेल उपलब्धिको सम्मानस्वरूप ब्रान्ड एम्बेसडर नियुक्त गरिएको हो।

सम्झौताअनुसार ढाँटको आगामी अन्तर्राष्ट्रिय खेल यात्रा तथा विभिन्न प्रतिस्पर्धाका क्रममा नगद तथा जिन्सी सहयोगसमेत उपलब्ध गराइनेछ। यस सहयोगले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई निजी क्षेत्रबाट प्राप्त हुने प्रोत्साहनको महत्त्वलाई समेत उजागर गरेको छ।

रिङमा नेपाली झण्डा फहराउँदै देशको नाम अन्तर्राष्ट्रिय मञ्चमा चिनाउँदै आएका ढाँटले पाएको यो सम्मानलाई उनको खेल जीवनमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। निजी क्षेत्रले खेलाडीको प्रतिभा र मेहनतलाई सम्मान गर्दै सहकार्य अघि बढाउनुले नेपाली खेल क्षेत्रमा थप उत्साह र सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको छ।

ढाँटको नयाँ जिम्मेवारी र आगामी अन्तर्राष्ट्रिय खेल यात्राका लागि खेलप्रेमी तथा शुभेच्छुकहरूले बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।