आस्था /आध्यात्म

बेङ्गलोरमा तीज विशेष कार्यक्रम, नेपाली समुदायको उल्लेख्य सहभागिता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बेङ्गलोर । मेची–महाकाली नेपाल–भारत ट्रस्टद्वारा बेङ्गलोरमा आयोजित तीज विशेष कार्यक्रममा नेपाली समुदायको उल्लेख्य सहभागिता देखिएको छ।

हरितालिका तीजको अवसरमा आयोजित कार्यक्रममा सहभागी महिला तथा पुरुषहरू नेपाली मौलिक पोसाकमा सजिएर उत्साहपूर्वक सहभागी भएका थिए। कार्यक्रमस्थलमा ठूलो संख्यामा नेपाली समुदायको उपस्थिति रहेको थियो।

कार्यक्रममा तीजका गीत तथा सांस्कृतिक प्रस्तुतिमा सहभागीहरू रमाउँदै नाचगान गरेका थिए। विशेषगरी रातो साडी तथा विभिन्न रंगका नेपाली परम्परागत पोसाकमा सजिएका महिलाहरूको सहभागिताले कार्यक्रमस्थललाई तीजमय बनाएको थियो।

प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति, परम्परा र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा देखिएको उत्साहपूर्ण जनसहभागिताले नेपाली समुदायबीचको एकता, सद्भाव र सांस्कृतिक सम्बन्धलाई समेत उजागर गरेको छ।

तस्बिरमा : बेङ्गलोरमा मेची–महाकाली नेपाल–भारत ट्रस्टको तीज विशेष कार्यक्रममा सहभागी नेपाली समुदाय।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।