सहयोग तथा उदार

टीकापुर रसुवा बाढीपीडित २१ परिवारको सहारा बन्यो टीकापुरको नमुना टोल विकास संस्था

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १९ असोज । टीकापुर नगरपालिका–१ स्थित नमुना बहुमुखी टोल विकास संस्था (ब्लक–३०) ले रसुवा–भोटेकोशी बाढीमा परी आफन्त बेपत्ता भएका २१ परिवारलाई राहत रकम वितरण गरेको छ।

लोक कल्याणकारी विज्ञापन

टोलवासीबाट आपसमा रकम संकलन गरी बाढीपीडित परिवारलाई जनही १ हजार ५ सय रुपैयाँका दरले राहत रकम वितरण गरिएको हो। टोल विकास संस्थाका अध्यक्ष प्रहलाद रावलको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन विक लुहार प्रमुख अतिथि थिए।

लोक कल्याणकारी विज्ञापन

बाढीका कारण आफन्त बेपत्ता भएका परिवारलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले टोलवासीले स्वस्फूर्त रूपमा रकम संकलन गरेको संस्थाले जनाएको छ। राहत वितरण कार्यक्रममा वडाध्यक्ष लुहारले विपद्का बेला पीडित परिवारलाई समुदायस्तरबाट गरिएको सहयोगले मानवीय संवेदनाको उदाहरण प्रस्तुत गरेको बताए।

लोक कल्याणकारी विज्ञापन

कार्यक्रममा संस्थाका कोषाध्यक्ष मिठुबहादुर बोहरा, समाजसेवी पदमबहादुर थापा, विकास चौधरी, आशिष चौधरी, हिकमत रावल, वीरबहादुर चौधरी र समाजसेवी तथा पूर्वअध्यक्ष रामप्रसाद ढुंगानालगायतको उपस्थिति थियो। कार्यक्रम सञ्चालन संस्थाका सचिव नृपबहादुर रावलले गरेका थिए।

राहत पाउनेमा युगन्धी चौधरी, निशान चौधरी, पुष्पा चौधरी, अनिता चौधरी, सुमित्रादेवी चौधरी, मिना चौधरी, लाहानी चौधरी, अनिता चौधरीकी आफन्त, कुस्मी, मनिषा चौधरी, तुलसी चौधरी, अन्जु चौधरी, संरचना चौधरी, नम्रता संज्याल, सन्तोषी चौधरी, आशाकुमारी चौधरी, रमादेवी चौधरी, दिलकुमारी चौधरी, फुलमती देवी, दीपकुमारी चौधरी र दिलकुमारी चौधरी रहेका छन्।

नमुना बहुमुखी टोल विकास संस्थाको नेतृत्वमा अध्यक्ष प्रहलाद भक्त रावल, उपाध्यक्ष निर्मला कुमारी आलेमगर, सचिव नृपबहादुर रावल, कोषाध्यक्ष मिठुबहादुर बोहरा र सहसचिव कल्पना कुमारी बिष्ट रहेका छन्। संस्थाका संरक्षकमा पदमबहादुर थापा, वीरबहादुर चौधरी, आशिष चौधरी र बालकृष्ण चौधरी रहेका छन्।

लोक कल्याणकारी विज्ञापन
AD