टीकापुर

थारू मौलिक संस्कृति संरक्षणमा वडा सदस्य रूपमती चौधरीको जोड

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २२ कार्तिक । टीकापुर नगरपालिका–४ की वडा सदस्य रूपमती चौधरीले थारू समुदायको मौलिक कला, संस्कृति, भेषभूषा, खानपान र परम्पराको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताएकी छन् । नयाँ पुस्तालाई आफ्नो समुदायको पहिचान, रीतिरिवाज र सांस्कृतिक परम्पराबारे जानकारी गराउँदै पुस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिएकी हुन् ।

टीकापुर नगरपालिका वडा नं. ४ द्वारा दशैं, तिहार तथा छठ पर्वको अवसरमा आयोजित सांस्कृतिक दशैं मिलन कार्यक्रममा स्वागत मन्तव्य राख्दै चौधरीले थारू समुदायको पहिचान जोगाउन सांस्कृतिक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

लोक कल्याणकारी विज्ञापन

उनले थारू समुदायको मौलिक पहिचान गीत, नृत्य, पहिरन र खानपानमा झल्किने उल्लेख गर्दै यस्ता परम्परालाई बिर्सन नहुने बताइन् । लेहेंगा–चोलिया, घोटेदार पहिरन, टोपी, धोतीलगायतका परम्परागत पोसाक थारू समुदायको सांस्कृतिक चिनारी भएको उनको भनाइ थियो ।

लोक कल्याणकारी विज्ञापन
AD

‘हाम्रो थारू संस्कृति र पहिचान कहिल्यै भुल्नु हुँदैन । हाम्रो गीत, नाच, खानपान र पहिरन नै हाम्रो चिनारी हुन् । कसैले लेहेंगा–चोलिया लगाएर, कसैले परम्परागत पहिरनमा सजिएर कार्यक्रममा सहभागी हुनु हाम्रो संस्कृतिको संरक्षणको उदाहरण हो,’ उनले भनिन् ।

चौधरीले अहिलेको पुस्ताले आफ्नो मौलिक संस्कृति र परम्पराबारे जानकारी राख्नुपर्ने बताउँदै बालबालिकालाई समेत थारू समुदायको इतिहास, रीतिरिवाज र पहिचानबारे सिकाउन आवश्यक रहेको उल्लेख गरिन् । सांस्कृतिक पहिचान संरक्षण गर्ने जिम्मेवारी समाजका सबै सदस्यको भएको उनको भनाइ थियो ।

उनले वडा नं. ४ को आयोजनामा भएको सांस्कृतिक दशैं मिलन कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति लिएर सहभागी भएका कलाकार तथा नृत्य समूहप्रति आभार व्यक्त गरिन् । सबैको सहभागिता, सहयोग र सक्रियताले कार्यक्रम भव्य तथा सफल भएको उल्लेख गर्दै उनले कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् ।

कार्यक्रममा सभाध्यक्ष वडा नं. ४ का वडाध्यक्ष लालवीर चौधरी, प्रमुख अतिथि नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक तथा पूर्व प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरी, विशिष्ट अतिथि, वडा सदस्यहरू, टोल विकास संस्थाका बर्घर तथा पदाधिकारी, समाजसेवी, पत्रकार, सुरक्षाकर्मी र स्थानीयवासीको सहभागिता रहेको थियो ।

चौधरीले कार्यक्रममा उपस्थित सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि, जनप्रतिनिधि, सामाजिक अगुवा, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा सम्पूर्ण सहभागीलाई वडा नं. ४ का तर्फबाट स्वागत गर्दै सांस्कृतिक कार्यक्रम सफल बनाउन योगदान गर्ने सबैप्रति आभार व्यक्त गरेकी थिइन् ।

बिज्ञापन