अछामको रिडिकोटमा वडास्तरीय खुला क्रिकेट प्रतियोगिता सुरु
लोक कल्याणकारी विज्ञापन

अछाम, २३ कार्तिक । अछामको रिडिकोटमा प्रथम वडास्तरीय खुला क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य भारतकुमार स्वारले गरेका हुन् ।
स्थानीयस्तरमा क्रिकेट खेलको प्रवर्द्धन, युवाको खेल प्रतिभा पहिचान तथा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
लोक कल्याणकारी विज्ञापन

उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, खेलाडी, खेलप्रेमी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।
लोक कल्याणकारी विज्ञापन
बिज्ञापन

