खेलकुद

सुदूरपश्चिमको गौरवसँग जोडियो टीकापुरका प्रशिक्षक जगत टमट्टाको तीन वर्षे सपना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुरमा जन्मिएका सुदूरपश्चिम रोयल्सका प्रशिक्षक जगत टमट्टाले च्याम्पियन बनेपछि दर्शकप्रति आभार व्यक्त गरे

लोक कल्याणकारी विज्ञापन

टीकापुर, ६ मंसिर । सुदूरपश्चिम रोयल्सले उपाधि जितेसँगै टोलीका प्रशिक्षक जगत टमट्टाको तीन वर्षदेखिको सपना पूरा भएको छ । ट्रफी उचालेपछि खुसीले गद्गद् बनेका टमट्टाले यो सफलता खेलाडी, सहयोगी टोली र समर्थकको साझा मेहनतको परिणाम भएको बताए ।

टमट्टाले फाइनल खेललाई आफ्नो सबैभन्दा अविस्मरणीय क्षणका रूपमा उल्लेख गर्दै भने, ‘मेरो सबैभन्दा राम्रो सम्झना फाइनल नै हो । हामीले ट्रफी उठायौँ । खेलाडी र सपोर्टिङ स्टाफ सबैले आफ्नो तर्फबाट उत्कृष्ट योगदान दिएका छन् । त्यसकै परिणाम हामी च्याम्पियन बन्यौँ ।’

लोक कल्याणकारी विज्ञापन
AD

तीन वर्षदेखि सुदूरपश्चिमलाई च्याम्पियन बनाउने सपना बोकेका टमट्टाले बीचका दुई सिजन छुटे पनि यस वर्ष आफ्नो लक्ष्य पूरा भएको बताए । ट्रफी सुदूरपश्चिम लगेर समर्थकलाई समर्पित गर्ने उनको चाहना रहेको छ ।

‘यो मेरो तीन वर्षदेखिको ड्रिम थियो । दुई वर्ष छुटेँ, तर यस वर्ष हामीले आफ्नो सपना पूरा गर्‍यौँ । यो ट्रफी सुदूरपश्चिम लगेर दर्शकलाई सुम्पिने मेरो चाहना छ,’ उनले भने ।

टीकापुर नगरपालिका–६ नारायणपुरमा जन्मिएका टमट्टाले सुदूरपश्चिमलाई क्रिकेटको हबका रूपमा विकास गर्नुपर्ने बताए । प्रधानमन्त्री बालेन्द्र शाहले सातवटै प्रदेशमा फ्लडलाइटसहितका क्रिकेट स्टेडियम निर्माण गर्ने र तीन वर्षभित्र होम एन्ड अवे खेल प्रणाली सञ्चालन गर्ने योजना अघि सारेको विषयलाई सकारात्मक रूपमा लिँदै उनले सरकार र खेलकुद निकायप्रति धन्यवाद व्यक्त गरे ।

फाप्ला क्रिकेट मैदानको टेन्डर प्रक्रिया अघि बढेकोमा खुसी व्यक्त गर्दै टमट्टाले सुदूरपश्चिमको क्रिकेट विकासका लागि पूर्वाधार निर्माण आवश्यक रहेको बताए । उपाधि जितेपछि समर्थकबाट पाएको माया र साथप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा पनि यस्तै समर्थन कायम राख्न आग्रह गरे ।

बिज्ञापन