मनोरञ्न

उत्साह र उमङ्गले भरियो लम्की महोत्सवको दोस्रो दिन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

लम्की, १२ मंसिर । कैलालीको लम्कीमा जारी लम्की महोत्सव २०८३ को दोस्रो दिन दर्शकको उत्साहजनक सहभागितासँगै रौनकमय बनेको छ ।

लोक कल्याणकारी विज्ञापन

कला, संस्कृति, व्यापार, कृषि, पर्यटन तथा सांगीतिक प्रस्तुतिलाई प्राथमिकता दिइएको महोत्सवमा दोस्रो दिन पनि उल्लेख्य संख्यामा दर्शक सहभागी भएका छन् । महोत्सवस्थलमा रहेका विभिन्न प्रदर्शनी, व्यापारिक स्टल तथा सांस्कृतिक गतिविधिले आगन्तुकलाई आकर्षित गरेको छ ।

महोत्सवमा प्रस्तुत सांगीतिक कार्यक्रम, स्थानीय कला तथा संस्कृतिको झलक र मनोरञ्जनात्मक गतिविधिले दर्शकमा थप उत्साह थपेको छ । महोत्सवस्थलमा देखिएको चहलपहल र दर्शकको सहभागिताले दोस्रो दिनको वातावरण थप उल्लासमय बनेको आयोजकले जनाएको छ ।

लोक कल्याणकारी विज्ञापन
AD

महोत्सवका आकर्षक दृश्य तथा गतिविधिलाई तस्बिरमार्फत सार्वजनिक गर्दै आयोजकले कला, संस्कृति, व्यापार, कृषि र पर्यटनको प्रवर्द्धनसँगै स्थानीय क्षेत्रको आर्थिक तथा सामाजिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य रहेको जनाएको छ ।

बिज्ञापन