मनोरञ्न

दीपक धितालको दोस्रो देउडा गीत ‘बासै छ बासै’ सार्वजनिक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १२ मंसिर । गायक दीपक धितालको दोस्रो सांगीतिक कोसेली देउडा गीत ‘बासै छ बासै’ सार्वजनिक भएको छ । धितालका अनुसार उक्त गीतको भिडियो हिजो शुक्रबार दिउसो १ बजे सार्वजनिक गरिएको हो ।

लोक कल्याणकारी विज्ञापन

गीतमा आकर्षक शब्द, सुमधुर स्वर र रमाइलो लय समेटिएको छ । गीतको गायन तथा प्रस्तुति कर्णप्रिय हुनुका साथै भिडियोमा देखाइएको नृत्यसमेत आकर्षक रहेको छ । देउडा गीत तथा संगीतप्रेमी दर्शक–श्रोताले यसबाट मनोरञ्जन लिन सक्नेछन् ।

दीपक धिताल र देवी घर्तीको स्वर रहेको गीतमा विष्णु भट्टको शब्द तथा संगीत रहेको छ ।

लोक कल्याणकारी विज्ञापन
AD

गीतको भिडियोमा नवराज रिमाल, आरती शाह र दीपक धितालले अभिनय गरेका छन् । रमेश बिजुली बिसीले निर्देशन गरेको भिडियोको छायांकन प्रकाश बिसीले गरेका हुन् । निशा बोहराले मेकअपको जिम्मेवारी सम्हालेकी छन् ।

गीतको संगीत संयोजन दीपक संगम बिसीले गरेका छन् भने मधुमाला स्टुडियोमा रेकर्डिङ तथा मिक्सिङ गरिएको छ । गीत गायक दीपक धिताल अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गायक धितालले दर्शक–श्रोताहरुलाई युट्युबमा गएर ‘दीपक धिताल’ को दोस्रो सांगीतिक कोसेली ‘बासै छ बासै’ हेर्न तथा सुनेर मनोरञ्जन लिन आग्रह गरेका छन् ।

बिज्ञापन