हर्क साम्पाङको फेसबुक ‘सस्पेन्डेड’ !
लोक कल्याणकारी विज्ञापन

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको फेसबुक आइडी एक घण्टादेखि सक्रिय छैन ।
लोक कल्याणकारी विज्ञापन

हर्क साम्पाङ अ रिभोलुसन नामक फेसबुक आइडी सर्च गर्दा अहिले भेटिँदैन । धेरैले फेसबुक ह्याक भएको आशंका गरे पनि रिपोर्ट भएर ‘सस्पेन्डेड’ भएको बुझिएको छ ।
लोक कल्याणकारी विज्ञापन

श्रम संस्कृतिका उपमहासचीव समीर तामाङका अनुसार रिपोर्ट भएर फेसबुक ‘सस्पेन्डेड’ भएको हो । उनले भने, ‘रिपोर्ट भएर ‘सस्पेन्डेड’ भएको रहेछ । आइडीलाई फिर्ता ल्याउने कोसिस गरिरहेका छौं।’
बिज्ञापन

कसले किन, केका लागि रिपोर्ट गरे भन्नेबारे आफूलाई थाहा नभएको तामाङले बताए ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

