स्वास्थ्य

भजनीमा विशेषज्ञ आँखा शिविर, १ हजार १ सय ९७ जनाको जाँच

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

भजनी, २० सेप्टेम्बर । भजनी नगरपालिका र गेटा आँखा अस्पतालको संयुक्त आयोजनामा सञ्चालित निःशुल्क विशेषज्ञ आँखा शिविरमा १ हजार १ सय ९७ जनाले आँखा परीक्षण गराएका छन्। असोज ३ र ४ गते सञ्चालन भएको शिविरमा विभिन्न आँखासम्बन्धी समस्या भएका सर्वसाधारणले विशेषज्ञ सेवा लिएका हुन्।

लोक कल्याणकारी विज्ञापन

शिविरमा परीक्षण गराएकामध्ये १ सय २० जनाको मोतीबिन्दुको शल्यक्रिया गरिएको छ। यस्तै, ४ सय ५१ जनालाई आवश्यकताअनुसार चश्मा वितरण गरिएको आयोजकले जनाएको छ। परीक्षण गराएका सबै १ हजार १ सय ९७ जनालाई आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो।

नगरपालिकाले आर्थिक अवस्था कमजोर भएका तथा आँखाको उपचारका लागि अन्यत्र जान कठिन हुने सर्वसाधारणलाई लक्षित गरी शिविर आयोजना गरिएको जनाएको छ। विशेषज्ञ चिकित्सकबाट स्थानीयस्तरमै परीक्षण तथा उपचारको सुविधा पाएपछि सेवाग्राहीलाई सहज भएको आयोजकको भनाइ छ।

लोक कल्याणकारी विज्ञापन

शिविर सम्पन्न गर्न सहयोग गर्ने स्वयंसेवक, महिला स्वास्थ्य स्वयंसेविका, सुरक्षाकर्मी, पत्रकार तथा समाजसेवीप्रति नगरपालिकाले आभार व्यक्त गरेको छ। शिविरमा गेटा आँखा अस्पतालका निर्देशक डा. सुजाता भण्डारीसहितको चिकित्सकीय टोलीले सेवा प्रदान गरेको थियो।

नगरपालिकाले आगामी दिनमा पनि आवश्यकताअनुसार स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा स्थानीयस्तरमै उपलब्ध गराउने जनाएको छ।

लोक कल्याणकारी विज्ञापन