टीकापुर

टीकापुरस्थित कर्णालीमा ६० मिटर जैविक तटबन्ध

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ९ असोज । टीकापुर नगरपालिका–८ वनगाउँ, पुदाल टोल नजिक कर्णाली नदीमा ६० मिटर जैविक तटबन्ध निर्माण गरिएको छ। टीकापुर नगरपालिका वडा नम्बर ८ को आयोजनामा तथा टीकापुर नगरपालिका र रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सहयोगमा बिहीबार तटबन्ध निर्माण गरिएको हो।

लोक कल्याणकारी विज्ञापन

तटबन्ध निर्माणमा वडा नम्बर ८ का १७ टोल विकास संस्थाका ४ सय ६३ जना सदस्य, सशस्त्र प्रहरीका ४० जना र नेपाल प्रहरीका ५ जनासहित ५ सय ८ जनाको सहभागिता रहेको वडा कार्यालयले जनाएको छ। विभिन्न सरोकारवालाको समेत सक्रिय सहभागितामा कर्णाली नदीको कटान रोक्न ३ हजार कट्टामा माटो भरेर तटबन्ध निर्माण गरिएको हो।

लोक कल्याणकारी विज्ञापन

कर्णाली नदीमा पानीको बहाव बढ्दा आसपासका बस्ती तथा खेतीयोग्य जमिन कटानको जोखिममा पर्ने भएकाले जैविक तटबन्ध निर्माण गरिएको वडा कार्यालयले जनाएको छ। स्थानीय समुदाय, सुरक्षा निकाय तथा सरोकारवालाको सामूहिक सहभागितामा गरिएको कामले नदी कटानबाट हुने सम्भावित क्षति न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

लोक कल्याणकारी विज्ञापन

वडा कार्यालयले तटबन्ध निर्माणका लागि सहयोग गर्ने टीकापुर नगरपालिका तथा रानी जमरा कुलरिया सिँचाइ आयोजना र सक्रिय सहभागिता जनाउने १७ वटै टोल विकास संस्था, सुरक्षा निकाय तथा सम्पूर्ण सरोकारवालालाई धन्यवाद दिएको छ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन