व्याक्ती बिशेष

नेपाल एयरलाइन्सका पाइलटको उडान अनुमतिमा रोक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


फागुन ,२०

नेपाल एयरलाइन्सका पाइलटलाई उडानमा रोक लागेको छ।

बिज्ञापन

क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सका अपरेसन विभाग, सेफ्टी विभाग प्रमुखसहित चार जना पाइलटलाई उडानमा रोक लगाएको हो।

प्राधिकरण निकट स्रोतका अनुसार उडान सुरक्षाजस्तो विषयमा गम्भीर लापरबाही देखिएको र सो विषयमा अहिले छानविन भइरहेकाले तत्कालका लागि उडानमा रोक लगाउने निर्णय गरिएको थियो ।

जानकारी नगराएको विषयलाई लिएर प्राधिकरणले छानबिन नसकिँदासम्म उक्त उडानमा भएका दुई क्याप्टेनलाई पनि उडानमा रोक लगाउने निर्णय गरेको हो।

हामीले सेफ्टी र अपरेसन प्रमुखलाई छानविन नसकिएसम्म उडानमा नराख्‍नु भनेर पत्र नै दिइसकेका छौं,’ प्राधिकरण निकट स्रोतले भन्यो।

प्राधिकरणले भेषराज सुवेदीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ।

गत जनवरी ८ मा दोहाबाट आएको नेपाल एयरलाइन्सको आरए २४० नम्बरको उडान काठमाडौंमा हार्ड ल्यान्डिङ भएको थियो। यो कुरा एयरलाइन्सले एयरबसको सिस्टमबाट एक महिना पछि मात्र थाहा पाएको थियो।

नियमितभन्दा कठिन अवतरण उडान भएको जानकारी गराउनु पर्ने पाइलटको जिम्मेवारी भए पनि सो नगरेको भन्दै उडान दलका दुई जना क्याप्टेनलाई एक साताअघि नै उडानमा रोक लगाइएको थियो।

उडान दलमा रहेका पाइलटहरू क्याप्टेन सुनिल श्रेष्ठ र महेशमान डंगोल, सेफ्टी प्रमुख राजु रौनियार र अपरेसन विभाग प्रमुख दिपु जहार्चनलाई तत्कालका लागि उडानमा रोक लगाएको छ।

छानविन समितिको प्रतिवेदनपछि प्राधिकरणले अध्ययन गरेर यसबारेमा थप निर्णय गर्ने छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply