सत्तीकी साहित्यकार ‘श्रेष्ठ प्रिया ‘पत्थर’ सम्मानित

टीकापुर । सत्तीकी साहित्यकार श्रेष्ठ प्रिया ‘पत्थर’ सम्मानित भएकी छन्। नेपाल वाङ्मय परिषदले उनलाई ‘नेपाली वाङ्मय साधना सम्मान–२०७६’ बाट सम्मानित गरेको हो।
धनगढीमा शनिबार एक कार्यक्रमबीच उनलाई नेपाल वाङ्मय परिषदका अध्यक्ष पुष्करराज भट्टले सम्मान राशीसहित प्रमाणपत्र प्रदान गरेका थिए। यस्तै साहित्यकार हेमन्ती जोशीको निवाशमा ‘पलेटी’ कार्यक्रम पनि सम्पन्न भएको छ। अग्रज स्रष्टादेखि नव सर्जक साहित्यकारहरुले उक्त कार्यक्रममा आ–आफ्ना रचना वाचन गरेका थिए। नेपाली साहित्यलाई उजागर र पछिका पुस्तालाई सुम्पिन यस्ता कार्यक्रम आवश्यक रहेको साहित्यकारहरुले बताएका छन्।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
