Author: मालिका समाचार

बिश्व

कराँचीको अस्पताल भर्ना भए अन्डरवर्ल्ड डन दाउद इब्राहिम, यस्तो थियो नेपाल साइनो

काठमाडौं– अन्डरवर्ल्ड डन दाउद इब्राहिम पाकिस्तानको कराँचीस्थित अस्पतालमा भर्ना गरिएको रिपोर्टहरू आएका छन्। भारतका पत्रपत्रिकाले यस्तो दाबी गरेका हुन्। इन्डिया टुडेको

Read More
राजनीति

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती पश्चिम नेपालको भ्रमणमा जाँदै

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती पश्चिम नेपालको भ्रमणमा जाँदैछन् । पश्चिम र मध्य क्षेत्रका केही जिल्लाको भ्रमणका लागि शाह

Read More
घटना

एमालेको अभियानमा २ जना कार्यकर्ताको मृत्यु

काठमाडौं । नेकपा (एमाले) को झुलाघाटदेखि चिवाभञ्ज्याङ्सम्मको अभियानमा दुईजना कार्यकर्ताको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर हिलिहाङ गाउँपालिका–५ बस्ने

Read More
राष्ट्रिय समाचार

धनगढीको महोत्सवमा पल शाहको ३ तोला सुनको ब्रासलेट हरायो

कैलाली । धनगढीको महोत्सवमा पल शाहको ब्रासलेट हराएको छ। महोत्सवमा प्रस्तुति दिइरहेका बेला शनिवार शाहको करिब ३ तोला बरावरका सुनको

Read More
राजनीति

माओवादी कमब्याकको चरणमा छ : उपमहासचिव पुन

हेटौँडा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्र अहिले कमब्याकको चरणमा रहेकाे बताएका छन् । विभिन्न समयमा भएकाे

Read More
घटना

रुसी सेनामा कार्यरत टीकापुरका एक युवकको मृत्यु

टीकापुर । रुसी सेनामा कार्यरत कैलालीका एक युवकको मृत्यु भएको छ। युक्रेन र रुसबिचको लडाइमा रुसका तर्फबाट लडिरहेका टीकापुरका युवकको मृत्यु

Read More
घटना

रुखबाट लडेर एकको मृत्यु

पाल्पा, मंसिर ३० गते । पाल्पाको तिनाउ गाउँपालिका –५ कोलडाँडाका ४६ बर्षीय शेरबहादुर गाहाको दालचिनी रुखबाट लडेर मृत्यु भएको छ । 

Read More
राजनीति

राजा महेन्द्रले ‘कू’ गरेको हैन नेपाल जोगाएका थिए!

काठमाडौं– गणतन्त्र नेपालमा कुशासनको व्यापक आलोचना भइरहेका बेला राजसंस्थाको सान्दर्भिकता रहेको भनी कतिपय आन्दोलन र प्रदर्शन भइरहेका छन्। राजाका पालामा भएका विकासका धरोहर ध्वस्त बनाइएको, विदेशीको साहरामा नेपाललाई अधिनस्त बनाउनेगरी गणतन्त्र अघि बढेको आरोप लागिरहेका बेला तत्कालिन राजा महेन्द्र शाहले १ पुस २०१७ सालमा कसरी शासन सत्ता हातमा लिएका थिए? खासमा राजा महेन्द्र बीपीलाई सत्ताबाट हटाएर उनको स्थानमा कांग्रेसकै अर्का नेता सुवर्णशमशेर राणालाई प्रधानमन्त्री बनाउन चाहन्थे । त्यसका लागि राजाले बीपीमाथि अनेकौ उपायमार्फत् दबाब दिएको कतिपय पुस्तकमा चर्चा गरिएको छ। २०१५ सालका सांसद श्रीभद्र शर्माले लेखेको ‘बीपीसँगका केही स्मरण’ भन्ने पुस्तकका अनुसार कुनै उपाय नचलेपछि राजाले निर्वाचित सरकारलाई हटाउँछन् भन्ने हल्ला फिँजाउन लगाए । यो काममा उनले बीपीका दाहिने मानिएका कांग्रेस महामन्त्री डा.तुलसी गिरी र अंगरक्षक जर्नेल शेरबहादुर मल्ललाई उपयोग गरे । राजाले आफूलाई हटाए पनि प्रजातन्त्र माथि कु गर्छन् भन्ने विश्वास बीपीलाई थिएन । पुष १ भन्दा दिन अघि प्रमुख प्रतिपक्षी दलका नेता भरतशमशेर राणा बीपीलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास त्रिपुरेश्वर (दशरथ रंगाशालाको नजिक हाल भन्सार विभाग रहेको १ नं गेष्ट हाउस) गएका थिए । उनले त्यही मुलुकको अवस्था ठीक नभएको र राजाले जुनसुकै बेला प्रधानमन्त्रीलाई जेल हाल्ने पक्का भैसक्यो भन्दै देश छाडेर भागौं भन्ने प्रस्ताव राखे । राणालाई सम्झाउँदै बीपीले भनेका थिए ‘प्रधानमन्त्री र विपक्षी दलको नेता भाग्न हुँदैन । जे पर्छ हामीले बेहोर्नु पर्छ’ । कु भएकै दिन बिहान आफ्नो सरकारी निवासमा पुगेका पत्रकार मदनमणि दीक्षितसँग बीपीले राणासँग अघिल्लो दिन भएको वार्तालाप सुनाउँदै भने  ‘राजाले मलाई रुचाउँदैनन् भने म प्रधानमन्त्री पद त्याग्न तयार छु । सुवर्ण शमशेरलाई देशको प्रधानमन्त्री बनाउने उहाँको इच्छा हो भने म विरोध गर्दिनँ ।’ राजधानीमा चिसो बढ्दै जाँदा राजनीतिक तापक्रम भने उच्च विन्दुतर्फ उन्मुख थियो । कुन बेला के हुने हो थाहा छैन । विपक्षी दलका नेता भरतशमशेर २०१७ मंसिरको अन्तिम दिन राति सुत्नै सकेनन् । अन्धकार सन्नाटाबीच घोडचडीको टक्कर–वक्कर आवाज सुनियो । सके छन् की क्या हो भन्ने लाग्यो उनलाई । राजप्रसादको घोडचढी सिपाही (रिसल्ला) राति  अचानक १२ बजे बबरमहलतर्फ बढेको देखियो । ‘अन्धकार सन्नाटामा घोडचडी राणाको ढोकै अगाडि आएर टक्क अडियो । किन, केको हतार प¥यो ? राणा छक्क परे । दरबारको पत्र दिउँसो नपठाएर मध्यरातमै किन ? उनलाई लाग्यो ल अब राजाले सके छन् क्यारे । राजाले आज सिध्याउँछन्, कि भोली भन्ने गज्जबको पृष्ठभूमिमा यिनै प्रश्नहरुको चापले हतारिएर उनी लिफफा च्यात्न थाले । त्यहाँ लेखिएको थियो भोलि ३ बजे श्री ५ को दर्शन गर्न नारायणहिटी दरबारमा हाजिर हुनुहोला । स्नेही निजी सचिव । दर्शन पाउँ सरकार भनेर विन्तिपत्र नचढाएसम्म दरबारले बोलाउने कुनै चलन थिएन । तर के हतार प¥यो र मध्यरातमा चिठी पठाएर भेट्न बोलाएको ? राणा छक्क परे । बिहानै राणा दिल्ली उड्ने तरखरमा थिए । बाहिर हेरे जताततै हुस्सुले ढपक्क ढाकेको । दरबारको पत्र बारे सोच्दा सोच्दै उनी रातभर सुत्नै सकेनन् । पुष १ को अघिल्लो रात नारायणहिटी दरबारमा राजा पनि जाग्राम नै थिए । नाताले आफ्नै जेठान सेनापति नीरशमशेर राणामाथि उनको विश्वास थिएन । प्रहरीको नेतृत्वमा २००७ सालको क्रान्तिमा कांग्रेसले बनाएको मुक्ति सेनाका कमाण्डहरु पुगिसकेका थिए । त्यसैले पुलिसमाथि उनी भर पर्न सक्ने अवस्था थिएन । कतिपयले राजा महेन्द्रबारेमा अनेक धारणा बनाए पनि ०४६ सालपछि नेकपा मालेका महासचिव सीपी मैनालीको सोच बदलिएको थियो। मैनालीले कुनैबेला दिएको एउटा अन्तरवार्तामा भनेका छन्,‘अहिले होइन, ०४६ सालपछि नै राजा महेन्द्रको विषयमा मेरो दृष्टिकोण फेरिएको हो । पहिले नबुझेर बिरोध गरियो । तर, राम्ररी बुझेपछि म यो निस्कर्षमा पुगेँ कि राजा महेन्द्र नरहेको भए नेपाल भन्ने देशको अस्तित्व नै समाप्त हुने रहेछ ।’ त्यसो त वीपीलाई महेन्द्रले जेल हाले पनि अन्ततः भारतीय दृष्टिकोणदेखि व्यवाहारलाई झेलेपछि भनेका थिए,‘राजासँग मेरो घाँटी जोडिएको छ।’ यसको अर्थ केलाउन सक्नुपर्ने धेरैको मत छ । मैनाली अगाडि भन्छन्,‘आज तपाईं हामी यसरी नेपाली भएर बाँच्न नपाउने रहेछौं। उनी निरंकुश थिए, त्यो म स्वीकार्छु । तर, एक राष्ट्रप्रेमी थिए जसले नेपाललाई भारतको चंगुलबाट बाहिर निकाले । नेपाललाई अर्को सिक्किम बन्नबाट जोगाए । त्यसैले नेपालको एकीकरण पृथ्वीनारायण शाहले गरेका हुन् भने यसको सम्प्रभूताको रक्षा राजा महेन्द्रले गरेका हुन् ।’

Read More
घटना

टिपरको ठक्करबाट २ युवाको मृत्यु भएपछि प्रदर्शन, गाउँपालिका उपाध्यक्षसहित पक्राउ

काठमाडौं । दाङमा टिप्परको ठक्करबाट दुई युवाको मृत्यु भएपछि आफन्तले सडकमा टायर बालेर आन्दोलन गरेका छन् । शुक्रबार राति टिप्परको

Read More
राजनीति

एमालेको ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आज सकिँदै

काठमाडौं । नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आज अन्तिम दिन चिवाभञ्ज्याङ पुगेर समापन गरिँदैछ । पाँचथरको फिदिमबाट चिवाभञ्ज्याङ

Read More
राष्ट्रिय समाचार

नारायणगढ-मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ । सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने

Read More
राष्ट्रिय समाचार

सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौँ — प्लास्टिक प्याकेजिङमा रहेका धुम्रपान र सुर्तीजन्य पदार्थको बेचबिखनमा रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न उच्च अदालत

Read More
राजनीति

कांग्रेसको महासमिति बैठक फागुन ७ गतेदेखि

काठमाडौं, मङ्सिर २९ गते । नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक सार्ने

Read More
राजनीति

बालेन–हर्क मिलेर नयाँ पार्टी खोल्ने सहमति भएको हो?

काठमाडौं– यसै साता राजधानी उत्रिनासाथ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई सञ्चारकर्मीको प्रश्न थियो,‘काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग मिलेर नयाँ पार्टी खोल्ने चर्चा छ, यसमा सत्यता छ?’ धरानमा विमानस्थल बनाउने प्रस्तावसहित आएका उनले तत्कालै त केही उत्तर दिएनन्। तर, बालेनसँग भेट हुनेचाहिँ बताएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पर्यटनमन्त्री सुदन किराँतीसित भेट गरी धरानमा विमानस्थलको डिपीआरको विषय राखेका उनले त्यसपछि बालेनसँग भेट गरे। बालेनसँग भेटेको केही समयमा नै उनले नयाँ शक्ति बन्ने घोषणा गरे तर तिथि मितिचाहिँ खुलाएनन्। यसले बालेनसँग मिलेर हर्कसहितको नयाँ पार्टी बन्ने सहमति बनेको भन्ने शंकाको सुविधा दिन्छ। तर बालेनले भने यस विषयमा केही खुलाइसकेका छन्। भनक पनि नदिएका बालेन महानगर दिवसको कार्यक्रममा व्यस्त थिए। हर्कले सामाजिक सञ्जालमार्फत ‘नहतारिनु नयाँ शक्ति बन्छ’ भनिसकेका छन्। उनको यो विचार बालेनसँगको भेटपछि आएको हो। बालेन र हर्कको समानता पनि छन्। उनीहरू ‘मुडी’ छन्। अनि, स्वतन्त्र उम्मेदवार भई ‘लौरो’ चुनाव चिन्ह पाएर एकजनाले महानगर र अर्काले उपमहानगरमा जित निकालेका थिए। बालेन इन्जिनियरिङ पाराले काम गरिरहेका छन् भने हर्क श्रमदानको रटानमा छन्। एउटाले काठमाडौंका सडकलाई सुन्दर बनाउन थालेका छन् भने अर्काले धरानको तिर्खा मेटाउने काममा श्रमदान गरी अस्थायी सुविधा ल्याइसकेका छन्। अब भने राजनीतिमार्फत नै परिवर्तन गर्न सकिने पक्षमा लागेका बालेन–हर्कले आफ्ना सहरको मुहार फेरेपछि देशको अनुहार पनि परिवर्तनको लक्ष्य राख्नु कनै अनौठो नहुने उनका समर्थक बताउँछन्। ‘परम्परागत राजनीतिक दलले स्थानीय सरकारमा नेतृत्व गर्दा काम नगरेको भनी एकल हिसाबले नै अभियानमा लागेका हर्क र ठूलो अध्ययनपछि महानगरको नेतृत्वमा जित निकाल्न सकिने आत्मविश्वासले उदाएका बालेनबीच सहमति नहुने कारण छैन’, विश्लेषकहरू भन्छन्,‘उनीहरूले देखाएको परिवर्तनको आशालाई राजनीतिको बाटो बनाई रवि लामिछानेहरूको पनि उदय भएको होइन र?’ राजनीतिक पृष्ठभूमीभन्दा विल्कुल फरक पृष्ठभूमीबाट उदाएका दुवैले दल खोलेर आगामी निर्वाचनमा सहभागीता जनाएको खण्डमा वैकल्पिक शक्तिका रुपमा उदाएका अन्यलाई धक्का लाग्न सक्ने अनुमान गर्न सकिन्छ। परम्परागत राजनीतिक दलहरू खासगरी कांग्रेस, एमाले र माओवादीलाई त क्षति हुन्छ नै भर्खरै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि हानि हुने विश्लेषण गरिएको छ। रास्वपामा ज्यादातर बालेनलाई मेयर बनाउने अभियानमा सक्रिय रहेकाहरू छन् भने उनकै मतदाताले आम निर्वाचनमा सहयोग गरेको पनि तथ्यांक केलाउने गरिएको छ। हुन पनि रास्वपाले समानुपातिक मत काठमाडौंसहित धरानलगायतका सहरी क्षेत्रबाट ल्याएको थियो जहाँ स्थानीय निर्वाचनमा बालेन र हर्कका समर्थक धेरै थिए।

Read More
अर्थ

सातामा सुन प्रति १० ग्राम तीन हजार रुपैयाँ बढ्यो

काठमाडौं । स्थानीय बजारमा यस साता सुनको मूल्य प्रति दश ग्राम रु एक हजार तीन सय ७० ले बढेको छ

Read More
राष्ट्रिय समाचार

३० लाख धरौटी बुझाएर छुटे बालकृष्ण खाण

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि जेलमा रहेका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण रिहा भएका

Read More
घटना

मटकोर कार्यक्रमबाटै बेपत्ता बालिका नग्न अवस्थामा मृत फेला

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका ९ कुसमहामा विवाहको मटकोर कार्यक्रमबाटै बेपत्ता एक बालिका खाल्डोमा जमेको पानीमा मृत फेला परेकी छन्

Read More
सुदूरपश्चिम प्रदेश

‘मन भुलाउनै गाह्रो भयो’

कैलाली: दार्चुलाका लोकेन्द्रसिंह धामीको विद्रोही हमासको आक्रमणमा परेर गत असोज २० गते इजरायलमा ज्यान गयो। श्रीमान गुमाएको पीडाले उनकी श्रीमती मञ्जु

Read More
घटना

गोदावरीमा करेन्ट लागेर एक महिलाको मृत्यु

धनगढीः कैलालीमा बिहीवार एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–१ भरतपुरकी अन्दाजी २३ वर्षीया कोपिला जोशी मोटरबाट पानी

Read More
घटना

पेस्तोल देखाएर लुटियो पाँच लाख

सर्लाही, मङ्सिर २८ गते । सर्लाहीको हरिपूर्वामा बिहीबार बिहान अज्ञात व्यक्तिले हतियार देखाएर सहकारीका कर्मचारीको साथमा भएको पाँच लाख रुपियाँ लुटेका

Read More
अर्थ

अस्ट्रेलियामा बेरोजगारी दर ३.९ प्रतिशत पुग्यो

क्यानबेरा, मङ्सिर २८ गते । नोकरीमा वृद्धि भए पनि अस्ट्रेलियाको बेरोजगारी दर १८ महिनाको उच्चतम स्तरमा पुगेको छ । अस्ट्रेलियन ब्युरो

Read More
सुदूरपश्चिम प्रदेश

शालिक राख्ने विषय विवाद भएपछि महेन्द्रनगरमा कर्फ्यु

कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरमा स्वर्गिय राजा महेन्द्र विरविकम शाहको शलिक राख्ने विषयलाई लिएर राजनैतिक दलका कार्यकर्ता बीच मतभेद देदिएको भन्दै स्थानिय

Read More
अर्थ

विद्युतीय प्रणालीमार्फत हुने कारोबार एक महिनामा करिब १० खर्बले घट्यो

काठमाडौं । विद्युतीय प्रणलीहरुमार्फत हुने कारोबार एक महिनामा करिब १० खर्ब रुपैयाँले घटेको छ । चालू आर्थिक वर्षको कार्तिक महिनामा

Read More
राजनीति

राष्ट्रियसभाको सीट बाँडफाँटमा नागरिक उन्मुक्तिको यस्तो छ दाबी, अन्य नियुक्तिमा पनि खोज्यो हिस्सा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले राष्ट्रियसभामा गठबन्धनबाट कम्तीमा एक सीट दाबी गरेको छ । नाउपा संरक्षक रेशमलाल चौधरी र अध्यक्ष

Read More
आस्था /आध्यात्म

धनगढी सत्संग भवनमा क्षमायाचना तथा ब्याच बितरण सम्पन्न

धनगढी, २७ मंसिर । धनगढी सत्संग भवनमा क्षमायाचना तथा ब्याच बितरण कार्यक्रम सम्पन्न भएको छ । सन्त निरंकारी मण्डल नेपालका

Read More
टीकापुर

टीकापुरमा पुष २६ देखि महोत्सव गर्ने तयारी

टीकापुर उद्योग वाणिज्य संघले पुष २६ देखि महोत्सव आयोजना गर्ने भएको छ । वाणिज्य संघले सुदूरपश्चिम औद्योगिक ब्यापार मेला तथा

Read More
सुदूरपश्चिम प्रदेश

बैतडीमा भिरबाट लडेर पुरुषको मृत्यु

बैतडीः बैतडीमा भिरबाट लडेर पुरुषको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका-६ बागडा स्थित भिरबाट खसेर सोही ठाँउका ४८ वर्षीय दिपेन्द्र साउदको

Read More
सुदूरपश्चिम प्रदेश

इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम सरकारको २ लाख सहयोग

टीकापुर, मङ्सिर २७ गते । विद्रोही समूह हमासको आक्रमणमा परी गत असोज २० गते इजरायलमा ज्यान गुमाएका सुदूरपश्चिम विश्वविद्यालय कृषिविज्ञान सङ्कायका

Read More
अवर्गीकृत

टिकटक प्रतिबन्धविरुद्धको रिट न्यायाधीशद्वय ढुङ्गाना र श्रेष्ठको इजलासमा

काठमाडौँ । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिट न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको छ ।

Read More
सुदूरपश्चिम प्रदेश

धनगढीमा प्लटिङको नयाँ मापदण्ड, मेयरले एकलौटी गरेको आरोप

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा अब जग्गा प्लटिङ गर्नको लागि नयाँ मापदण्ड तयार गरिएको छ । धनगढी उपमहानगरपालिकाको कार्यपालिका बैठकले

Read More
आस्था /आध्यात्म

मन–मन्दिरको उज्यालोबाटै संसार उज्यालो– नर बहादुर रावल (अध्यक्ष– स.नि.म. नेपाल)

खटीमा (उत्तराखण्ड), २७ मंसिर । भारतको उत्तराखण्ड खटीमामा आयोजित एक दिवसीय निरंकारी सन्त समागममा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर

Read More
राष्ट्रिय समाचार

काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध

काठमाडौं । काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य

Read More
घटना

टीकापुरको रानीकुलोमा महिला मृत अबस्थामा फेला

टिकापुर । कैलालीको टीकापुरमा एक महिला मृत अबस्थामा फेला परेकी छिन्। टिकापुर नगरपालिका-५ झन्झटपुर स्थित रानीकुलोमा सोही ठाँउ बस्ने ८५ वर्षीया

Read More
जलवायु

मनाङको तापक्रम माइनस १६, स्थानीय बेँसी झर्न थाले

मनाङ- जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । मङ्सिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६

Read More
राजनीति

ओखलढुंगामा पहिचानवादीद्वारा एमालेको गेट जलाइयो

काठमाडौं । ओखलढुंगामा नेकपा एमालेले पाहुनाको स्वागतका लागि तयार पारेको गेट पहिचानवादीले भत्काइदिएका छन् । झुलाघाट–चिवा भञ्ज्याङ्ग संकल्प यात्रामा निस्केको

Read More
राजनीति

एमालेको यात्रामा अवरोध गर्न खोज्ने ८ पहिचानवादी पक्राउ

काठमाडौं । प्रहरीले विभिन्न कोशी प्रदेशका विभिन्न जिल्लाबाट ८ जना पहिचानवादीलाई पक्राउ गरेको छ । नेकपा एमालेको मध्यपहाडी क्षेत्र केन्द्रित

Read More
खेलकुद

भारतसँगको खेलमा नेपालको कन्तविजोक, २१ रनमा ६ ब्याट्सम्यान आउट

काठमाडौं । यूएईमा जारी यू १९ एसिया कपमा नेपालले आफ्नो समूहचरणको अन्तिम खेलमा भारतविरुद्ध नेपालले असाध्यै खराब प्रदर्शन गरेको छ

Read More
सहयोग तथा उदार

प्रधानमन्त्रीद्वारा सन्त निरंकारी मण्डल नेपाललाई धन्यवाद ज्ञापन पत्र

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत कात्तिक १७ गते राती जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प पिडितलाई सहयोग रकम प्रदान गरेकोमा

Read More
सुदूरपश्चिम प्रदेश

अछामका चार पालिका विद्युत पहुँचमा

अछामः अछामको पूर्वी क्षेत्र कमलबजारमा नेपाल विद्युत् प्राधिकरणले ३३÷११ केभी सबस्टेसन शुक्रबारदेखि सञ्चालनमा ल्याएपछि चार स्थानीय तह सहज पहुँचमा पुगेका छन्।

Read More
व्याक्ती बिशेष

इराकको एक भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु

काठमाडौं– नेपालमा राजसंस्थाको पतनको सुरुआतका रुपमा लिइएको दरबार हत्याकाण्डको रहस्य अहिलेसम्म खुलेको छैन। तर, तत्कालिन सभामुख तारानाथ रानाभाटको नेतृत्वमा बनेको छानबिन समितिले प्रतिवेदनचाहिँ बुझाएको थियो। अपत्यारिलो प्रतिवेदन भनी त्यसलाई विश्वास गर्ने कमै होलान्। यद्यपि, समितिले १९ जेठ २०५८ शुक्रबार राती भएको त्यो हत्याकाण्डका प्रत्यक्षदर्शीसँग बयान लिएको थियो। यसक्रममा पूर्वयुवराज्ञी अर्थात् तत्कालिन शाहज्यादी हिमानी शाहको पनि बयान लिइएको थियो। उनले यस विषयमा के बयान दिएकी थिइन् भन्ने चासो सर्वत्र छ।  राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरू श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या भएको उक्त प्रकरणको अहिले पनि सान्दर्भिक चासो जनमानसमा रहेको छ।  घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए। छानबिन समितिलाई हिमानीले दिएको बयानका विषयमा वीरेन्द्रका एडीसी रहेका नेपाली सेनाका पूर्वअधिकारी सुन्दरप्रताप शाहले पुस्तक दरबारको दुखान्तमा केही उल्लेख गरेका छन्। पुुस्तकका अनुसार हिमानीले भनेकी थिइन्,‘डिटेलमा त अब के भयो हामीलाई त्यो त थाहा भएन। तर सुरुदेखि नै हामी कार्यक्रममा थियांै। कार्यक्रममा ८ बजेसम्म सबैजसको सवारी भैसकेको थियो । ठूलो बुवा (राजा वीरेन्द्र) सवारी हुँदाखेरी अलि अगाडिको घटना मलाई थाहा छैन।’ हिमानीले अगाडि भनेकी थिइन्,‘ठूलो बुवा सवारी हुनुभन्दा पहिले क्राउन प्रिन्सलाई निराजन सरकार, पारस, राजीव ज्वाँई, गोरखले बोकेर खोपीमा सवारी गराइएको थियो। पछि महाराजधिराज सवारी भएको एकै छिनमा ड्याङग आवाज आयो।’ गोली चल्दा राजकुमार धीरेन्द्र शाह (वीरेन्द्रका कान्छा भाई)को विषयमा समेत उल्लेख गर्दै हिमानीले भनेकी थिइन्,‘कान्छो बुवा अगाडि सर्नुभयो। कान्छा बुवालाई पनि हानिबक्स्यो अनि कुना तिर यसो साईड परेर लुकेर हामी बसिराखेका थियौ अनि त्यसपछि चुप लागेर बस्यौ …त्यसपछि फेरी आएर परर पर्रररर बन्दुक पड्केको सुनेको त्यति नै हो।’ हिमानीले बयानका क्रममा बन्दु पड्केको बारे केही पनि नसुनेको बताएकी थिइन्। हाल राजसंस्थाको आवाज बलियो भएका बेला उक्त घटनाले दरबार कति संकटमा थियो भन्ने चासो र चर्चा छ।

Read More
राष्ट्रिय समाचार

इराकको एक भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूलो घोषणा गरेका छन्। शनिबार भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा भएको कार्यक्रममा उनले अवैधानिक हिसाबले विदेशमा थुपारेका सम्पत्ति जफत गरिने बताएका छन्। ‘भ्रष्टाचार लगायत अन्य गैरकानुनी ढंगबाट आर्जित सम्पत्ति विदेशबाट पुनः प्राप्तिका लागि कानुनी र संरचनागत प्रबन्ध तयार गरी कार्यान्वयन हुन्छ’, प्रधानमन्त्रीले भनेका छन्। नेपालका राजनीतिक दलका नेतादेखि उद्योगी व्यापारीको सम्पत्ति विदेशका विभिन्न बैंकमा रहेको चर्चा चलिरहेका बेला प्रचण्डको यो घोषणा आएको हो। कार्यान्वयनमा जाने या नजाने भन्ने विषयमाचाहिँ शंका रहेका प्रतिक्रिया कतिपयले दिएका छन्। ‘निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई कसुरको रूपमा परिभाषित गरी दण्डनीय बनाउन कानुनी व्यवस्था गर्न लागेको छु’ प्रचण्डले घोषणा गरेका छन्। सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढिरहेको दाबी गरेका उनले भ्रष्टाचारका कारणहरूको पहिचान गरी त्यसको निवारणका निम्ति सरकारले राज्यका सबै संयन्त्रहरूलाई प्रचलित कानुनबमोजिम परिचालन गर्ने ठोकुवा गरे। नेपालका चिर परिचितदेखि कतिपय उद्योगी व्यापारीलगायतको रकम विदेशी बैंकमा रहेको खुलासा हुँदै आएको थियो। पछिल्लो पटकमात्र अर्बको आँकडामा नेपालको पैसा सिंगापुरदेखि स्वीटजरल्यान्डको बैंकसम्म थुपारिएको तथ्यांक सार्वजनिक भएका थिए। के प्रचण्डको यो घोषणा कार्यान्वयनमा जान सक्ला? भन्ने प्रश्न अगाडि आएको छ।

Read More
घटना

इराकको एक भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु

बगदाद । इराकको अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रमा एर्बिल प्रान्तको सोरान सहरस्थित एक आवासीय भवनमा शुक्रबार राति आगलागी हुँदा १४ जनाको मृत्यु

Read More
राजनीति

जनतासँग जोड्न सकेमात्र कांग्रेस परिवर्तन हुन्छ : कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई जनतासँग जोड्न सकेमात्र परिवर्तन हुने बताएका छन् । चितवन–काठमाडौँ प्रजातान्त्रिक सङ्गमको

Read More
राजनीति

पोखरा र लुम्बिनी विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गर्‍योः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गरेको

Read More
कृषि

भारत लगायो प्याज निर्यातमा प्रतिबन्ध

काठमाडौं । भारतले प्याजको निर्यातमा पुनः प्रतिबन्ध लगाएको छ । तीन महिनाअघि डिसेम्बर अन्तिमसम्मका लागि प्याजमा ४० प्रतिशत निर्यात कर

Read More
राजनीति

प्रधानमन्त्री प्रचण्ड धनगढीमा

कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी आइपुगेका छन् । सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न उनी यहाँ आएका हुन् । उनी

Read More
राष्ट्रिय समाचार

दुबईबाट आएका यात्रुबाट बरामद १४ केजी सुनबारे छानबिन गर्न समिति गठन

काठमाडौं । दुबईबाट आएका यात्रुको साथबाट १४ केजी सुन बरामद भएको विषयमा छानबिनका लागि ६ सदस्यीय समिति गठन गरिएको छ

Read More
खेलकुद

यू १९ एसिया कपः पाकिस्तानविरुद्ध नेपालको ब्याटिङ धराशयी, गुल्शन १ रनमा आउट

काठमाडौं । यूएईमा सुरु भएको यू १९ एसिया कप अन्तरगत पाकिस्ताविरुद्धको पहिलो म्याचमा नेपालको ब्याटिङ संकटमा परेको छ । १६

Read More
सुदूरपश्चिम प्रदेश

पानसराले बाटोमै जन्माइन् तीन बच्चा

मार्तडी, मङ्सिर २० गते । बाजुरामा एक महिलाले बाटोमै बच्चा  जन्माउनुभएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका –४ कुरु बस्ने ३१ वर्षीय

Read More
राजनीति

देशलाई निकास दिन सङ्कल्प यात्रा : अध्यक्ष ओली

रुकुमपूर्व, मङ्सिर २० गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई निकास दिन एमालेले समृद्धिका लागि

Read More
राष्ट्रिय समाचार

रुसी सेनामा नेपाली युवा पठाउने गिरोह प्रहरी नियन्त्रणमा, काठमाडौंबाट समातियो

काठमाडौं– रुसी सेनामा नेपाली युवालाई पठाउने गिरोहका सदस्यलाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले समातेको छ। नेपाल र भारतको बाटो हुँदै रुस पठाउने १२ जनालाई प्रहरीले एक अप्रेशन चलाएर नै समातेको हो। दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगीलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ। रुसी सेनामा जान युवा खोज्ने, कागजात मिलाइदिनेदेखि लिएर भिजिट भिसा मिलाउनेसम्मका गतिविधिमा संलग्नहरुलाई पक्राउ गरिएको काठमाडौं जिल्ला परिसरका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) कुमुद ढुंगेलले बताए। युक्रेन–रुस युद्धका क्रममा रुसी सेनामा भर्ती भएका ६ जना नेपालीले ज्यान गुमाएका थिए।

Read More