राजनीति

राजनीति

नागरिक उन्मुक्तिको टीकापुरमा प्रथम राष्ट्रिय अधिवेशन हुँदै

धनगढी : नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुरमा प्रथम राष्ट्रिय अधिवेशन गर्ने भएको छ। पार्टीको पुस २६, २७ र २८ गते गर्ने

Read More
राजनीति

क्यानडा र सिंगापुर पठाइदिने भन्दै १० करोड ठग्ने लामा पक्राउ

धनगढी– आगामी ११ माघमा हुने राष्ट्रिय सभाको १९ वटा सिट मध्य रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले एक सिट पाउने सत्ता गठबन्धनमा सहमतिको खुलासा भएको छ। चौधरीले धनगढीमा पत्रकार सम्मेलनका क्रममा उक्त खुलासा गरेका हुन्। त्यो सहमतिलाई अनुमोदन गर्न २१ पुसमा बस्ने गठबन्धनको बैठकले लिखित निर्णय गर्ने चौधरीको भनाई छ। गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र जनमत सहभागी छन्। २६, २७ र २८ पुसमा महाधिवेशन गर्न लागेको नागरिक उन्मुक्ति पार्टीको कार्यक्रमबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनका क्रममा चौधरीले भने,‘गठबन्धनमा भएको सहमतिका आधारमा नै निर्णय हुनेछ।’ महाधिवेशनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट गराउने तयारी भएको छ। सो क्रममा गठबन्धनसहितका दलका शीर्ष नेतालाई पनि निम्तो दिइएको छ। महाधिवेशनमा भारतीय जनता पार्टीका प्रतिनिधि समेत सहभागी हुने चौधरीले जानकारी दिए। ५२ जिल्लाका ८ हजार महाधिवेशन प्रतिनिधि सहभागी हुने नागरिक उन्मुक्ति पार्टीको दाबी छ।

Read More
राजनीति

प्रधानमन्त्री मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा हुनुहुन्छ : प्रवक्ता सापकोटा

काठमाडौं, पुस १७ गते । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् पुनर्गठन गरी सरकारका कामलाई अझ

Read More
राजनीति

रविले लामिछानेले हाले कान्तिपुरविरुद्ध मुद्दा

काठमाडौं । रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेले कान्तिपुर पब्लिकेसन प्रालिविरुद्ध गाली बेइज्जतिको मुद्दा दायर गरेका छन्

Read More
राजनीति

घोडाघोडीमा सकियो माओवादीको तीन महिने रूपान्तरण अभियान

कैलाली । पार्टी सुदृढीकरण तथा नयाँ ऊर्जाका लागि नेकपा माओवादी केन्द्रले थालेको ३ महिने रूपान्तरण अभियान अन्तर्गत घोडाघोडीमा सम्पन्न भएको

Read More
राजनीति

कांग्रेसमा मन्त्री फेर्न तीव्र दबाब, देउवा अनिच्छुक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको चर्को आलोचना भएको छ । प्रधानमन्त्री प्रचण्डको मात्रै

Read More
राजनीति

कांग्रेसलाई ठूलो पार्टी बनाउन एकताको खाँचो छ, गठबन्धन बाध्यता : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको संविधानका कारण एउटै पार्टीको बहुमत नआउने अवस्था रहेकाले चुनावमा गठबन्धन गरेर जानुपरेको

Read More
राजनीति

पूर्वराजा ज्ञानेन्द्रको अभिनन्दन संयोजक बनेका एमाले नेता डाक्टर बस्याल पार्टीबाट निष्कासित

रुपन्देही । पूर्व राजा ज्ञानेन्द्रको नेकपा एमालेले अभिनन्दन कार्यक्रमको संयोजक बनेका नेकपा एमालेका नेता डा. रामप्रसाद बस्याललाई पार्टीको साधारण सदस्यसमेत

Read More
राजनीति

कांग्रेस मधेश प्रदेश सम्मेलन : शेखरले बहिष्कार गरे, निधि दर्शकदीर्घामै बसे

जनकपुधाम । नेपाली कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलनमा आसनग्रहणको मर्यादाक्रमबारे विवाद देखिएको छ । जनकपुरधामको तिरहुतिया गाछीमा आज कांग्रेस मधेश

Read More
राजनीति

राजतन्त्र स्थापनाका लागि गणतन्त्रको विरोधमा आन्दोलन गर्दै राप्रपा

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्रको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आन्दोलन गर्ने भएको छ । राजतन्त्रको स्थापनाका लागि उसले बृहत्

Read More
राजनीति

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती पश्चिम नेपालको भ्रमणमा जाँदै

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती पश्चिम नेपालको भ्रमणमा जाँदैछन् । पश्चिम र मध्य क्षेत्रका केही जिल्लाको भ्रमणका लागि शाह

Read More
राजनीति

माओवादी कमब्याकको चरणमा छ : उपमहासचिव पुन

हेटौँडा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्र अहिले कमब्याकको चरणमा रहेकाे बताएका छन् । विभिन्न समयमा भएकाे

Read More
राजनीति

राजा महेन्द्रले ‘कू’ गरेको हैन नेपाल जोगाएका थिए!

काठमाडौं– गणतन्त्र नेपालमा कुशासनको व्यापक आलोचना भइरहेका बेला राजसंस्थाको सान्दर्भिकता रहेको भनी कतिपय आन्दोलन र प्रदर्शन भइरहेका छन्। राजाका पालामा भएका विकासका धरोहर ध्वस्त बनाइएको, विदेशीको साहरामा नेपाललाई अधिनस्त बनाउनेगरी गणतन्त्र अघि बढेको आरोप लागिरहेका बेला तत्कालिन राजा महेन्द्र शाहले १ पुस २०१७ सालमा कसरी शासन सत्ता हातमा लिएका थिए? खासमा राजा महेन्द्र बीपीलाई सत्ताबाट हटाएर उनको स्थानमा कांग्रेसकै अर्का नेता सुवर्णशमशेर राणालाई प्रधानमन्त्री बनाउन चाहन्थे । त्यसका लागि राजाले बीपीमाथि अनेकौ उपायमार्फत् दबाब दिएको कतिपय पुस्तकमा चर्चा गरिएको छ। २०१५ सालका सांसद श्रीभद्र शर्माले लेखेको ‘बीपीसँगका केही स्मरण’ भन्ने पुस्तकका अनुसार कुनै उपाय नचलेपछि राजाले निर्वाचित सरकारलाई हटाउँछन् भन्ने हल्ला फिँजाउन लगाए । यो काममा उनले बीपीका दाहिने मानिएका कांग्रेस महामन्त्री डा.तुलसी गिरी र अंगरक्षक जर्नेल शेरबहादुर मल्ललाई उपयोग गरे । राजाले आफूलाई हटाए पनि प्रजातन्त्र माथि कु गर्छन् भन्ने विश्वास बीपीलाई थिएन । पुष १ भन्दा दिन अघि प्रमुख प्रतिपक्षी दलका नेता भरतशमशेर राणा बीपीलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास त्रिपुरेश्वर (दशरथ रंगाशालाको नजिक हाल भन्सार विभाग रहेको १ नं गेष्ट हाउस) गएका थिए । उनले त्यही मुलुकको अवस्था ठीक नभएको र राजाले जुनसुकै बेला प्रधानमन्त्रीलाई जेल हाल्ने पक्का भैसक्यो भन्दै देश छाडेर भागौं भन्ने प्रस्ताव राखे । राणालाई सम्झाउँदै बीपीले भनेका थिए ‘प्रधानमन्त्री र विपक्षी दलको नेता भाग्न हुँदैन । जे पर्छ हामीले बेहोर्नु पर्छ’ । कु भएकै दिन बिहान आफ्नो सरकारी निवासमा पुगेका पत्रकार मदनमणि दीक्षितसँग बीपीले राणासँग अघिल्लो दिन भएको वार्तालाप सुनाउँदै भने  ‘राजाले मलाई रुचाउँदैनन् भने म प्रधानमन्त्री पद त्याग्न तयार छु । सुवर्ण शमशेरलाई देशको प्रधानमन्त्री बनाउने उहाँको इच्छा हो भने म विरोध गर्दिनँ ।’ राजधानीमा चिसो बढ्दै जाँदा राजनीतिक तापक्रम भने उच्च विन्दुतर्फ उन्मुख थियो । कुन बेला के हुने हो थाहा छैन । विपक्षी दलका नेता भरतशमशेर २०१७ मंसिरको अन्तिम दिन राति सुत्नै सकेनन् । अन्धकार सन्नाटाबीच घोडचडीको टक्कर–वक्कर आवाज सुनियो । सके छन् की क्या हो भन्ने लाग्यो उनलाई । राजप्रसादको घोडचढी सिपाही (रिसल्ला) राति  अचानक १२ बजे बबरमहलतर्फ बढेको देखियो । ‘अन्धकार सन्नाटामा घोडचडी राणाको ढोकै अगाडि आएर टक्क अडियो । किन, केको हतार प¥यो ? राणा छक्क परे । दरबारको पत्र दिउँसो नपठाएर मध्यरातमै किन ? उनलाई लाग्यो ल अब राजाले सके छन् क्यारे । राजाले आज सिध्याउँछन्, कि भोली भन्ने गज्जबको पृष्ठभूमिमा यिनै प्रश्नहरुको चापले हतारिएर उनी लिफफा च्यात्न थाले । त्यहाँ लेखिएको थियो भोलि ३ बजे श्री ५ को दर्शन गर्न नारायणहिटी दरबारमा हाजिर हुनुहोला । स्नेही निजी सचिव । दर्शन पाउँ सरकार भनेर विन्तिपत्र नचढाएसम्म दरबारले बोलाउने कुनै चलन थिएन । तर के हतार प¥यो र मध्यरातमा चिठी पठाएर भेट्न बोलाएको ? राणा छक्क परे । बिहानै राणा दिल्ली उड्ने तरखरमा थिए । बाहिर हेरे जताततै हुस्सुले ढपक्क ढाकेको । दरबारको पत्र बारे सोच्दा सोच्दै उनी रातभर सुत्नै सकेनन् । पुष १ को अघिल्लो रात नारायणहिटी दरबारमा राजा पनि जाग्राम नै थिए । नाताले आफ्नै जेठान सेनापति नीरशमशेर राणामाथि उनको विश्वास थिएन । प्रहरीको नेतृत्वमा २००७ सालको क्रान्तिमा कांग्रेसले बनाएको मुक्ति सेनाका कमाण्डहरु पुगिसकेका थिए । त्यसैले पुलिसमाथि उनी भर पर्न सक्ने अवस्था थिएन । कतिपयले राजा महेन्द्रबारेमा अनेक धारणा बनाए पनि ०४६ सालपछि नेकपा मालेका महासचिव सीपी मैनालीको सोच बदलिएको थियो। मैनालीले कुनैबेला दिएको एउटा अन्तरवार्तामा भनेका छन्,‘अहिले होइन, ०४६ सालपछि नै राजा महेन्द्रको विषयमा मेरो दृष्टिकोण फेरिएको हो । पहिले नबुझेर बिरोध गरियो । तर, राम्ररी बुझेपछि म यो निस्कर्षमा पुगेँ कि राजा महेन्द्र नरहेको भए नेपाल भन्ने देशको अस्तित्व नै समाप्त हुने रहेछ ।’ त्यसो त वीपीलाई महेन्द्रले जेल हाले पनि अन्ततः भारतीय दृष्टिकोणदेखि व्यवाहारलाई झेलेपछि भनेका थिए,‘राजासँग मेरो घाँटी जोडिएको छ।’ यसको अर्थ केलाउन सक्नुपर्ने धेरैको मत छ । मैनाली अगाडि भन्छन्,‘आज तपाईं हामी यसरी नेपाली भएर बाँच्न नपाउने रहेछौं। उनी निरंकुश थिए, त्यो म स्वीकार्छु । तर, एक राष्ट्रप्रेमी थिए जसले नेपाललाई भारतको चंगुलबाट बाहिर निकाले । नेपाललाई अर्को सिक्किम बन्नबाट जोगाए । त्यसैले नेपालको एकीकरण पृथ्वीनारायण शाहले गरेका हुन् भने यसको सम्प्रभूताको रक्षा राजा महेन्द्रले गरेका हुन् ।’

Read More
राजनीति

एमालेको ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आज सकिँदै

काठमाडौं । नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आज अन्तिम दिन चिवाभञ्ज्याङ पुगेर समापन गरिँदैछ । पाँचथरको फिदिमबाट चिवाभञ्ज्याङ

Read More
राजनीति

कांग्रेसको महासमिति बैठक फागुन ७ गतेदेखि

काठमाडौं, मङ्सिर २९ गते । नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक सार्ने

Read More